मंगलबार, वैशाख २५, २०८१

मांगलिक योग !

ओम आचार्य २०७८ भदौ ८ गते ७:४६

मंगल लग्न चतुर्थ, सप्तम, अष्टम र बाह्रौं भावमा छ भने वर र कन्या दुवैलाई घातक हुन्छ तर यो उचित होइन किनकि लग्न कुण्डलीमा पाँच स्थान तथा चन्द्र कुण्डलीमा पाँच स्थान अर्थात् कुल मिलाएर दस स्थानमा मंगल भयो भने मांगलिक भनिन्छ ।

यदि त्यस्तो हुने हो भने लगभग ९० प्रतिशत मानिस मांगलिक हुन्छन् । यो उचित होइन र असम्भव पनि हो । आचार्य वराह पाराशर र यावनाचारी मीनराजले यो मतलाई अविवेक पूर्ण र आधारहीन भनेका छन् । आचार्य वशिष्ठ तथा रामानुजाचार्यले भनेका छन्- यदि कुण्डलीमा चाहे त्यो लग्न कुण्डली होस वा चन्द्र कुण्डली होस् मंगलले निम्न अवस्थामा मात्र मांगलिक दोष उत्पन्न गर्छ ।

यदि मंगल लग्नेश भएर आठौं र बाह्रौं स्थानमा शनिको दृष्टिमा छ भने यदि मंगल लग्न चतुर्थ सप्तम अष्टम र बाह्रौं भावमा नीच वा अस्त वा राहु र शनिको युतिमा छ भने, यदि मंगल नीचस्थ लग्नेश वा सप्तमेशसँग आठौं भावमा छ भने, यदि मंगल नीचस्थ अष्टमेशसँग सप्तम भावमा छ भने, यदि मंगल लग्नमा कर्कट राशिमा एक्लै छ भने, यदि मंगल लग्नमा र सातौं स्थानमा शुक्र एक्लै छ भने मात्र व्यक्ति मांगलिक हुन्छ । मुँगा, गहुँ, मुसुरी, रातो साँढे, गुड, सुन, रातो कपडा, रातो फूल, धातुमा तामा आदि पदार्थ दान गर्दा मंगल प्रसन्न हुन्छन् ।

प्रतिक्रिया