शनिबार, जेठ ५, २०८१

कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरीबीच सम्झौता

नेपालखोज २०७८ भदौ ८ गते १८:३७

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्यउपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र ललितपुरको मेडी क्वेस्ट् ल्याबरोटोरीबीच सम्झौता भएको छ ।

आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने उदेश्यले सम्झौता भएको हो । कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता–पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गदा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया