मन्त्रिपरिषद् विस्तारको तयारीमा देउवा

नेपालखोज २०७८ भदौ १० गते १२:०९

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ ।

नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने यसअघि नै सहमति भइसकेको छ । शेरबहादुर देउवाले आफू प्रधानमन्त्री नियुक्ति भएको डेढ महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

एमालेबाट अलग भएका नेपालको नयाँ पार्टी दर्तासँगै मन्त्रिपरिषद् विस्तारको चर्चा चलेको हो ।

नेपाल र महन्थ ठाकुरलाई नयाँ दल गठनमा सहज हुने गरी अध्यादेश ल्याएपछि निर्वाचन आयोगले हिजो नेताहरुको सनाखत गरेर दुवैलाई मान्यता दिएको छ । अब सत्ता गठबन्धनमा कांग्रेसका ६१, माओवादीका ४९, एकीकृत समाजवादीका २३ र जसपाका १९ सहित १५२ सांसद पुगेका छन् । -फाइल तस्बिर

प्रतिक्रिया