माधव नेपालले पत्रकार सम्मेलन गर्दै

नेपालखोज २०७८ भदौ १० गते १३:३४

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

नयाँ पार्टी गठन र पार्टीका भावी कार्यक्रमबारे जानकारी दिन दिउँसो २ बजे राजधानीको क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् ।

नेता नेपालले हिजो मात्रै निर्वाचन आयोगबाट दलको मान्यता पाएका थिए । उनले एमालेबाट ५५ केन्द्रीय सदस्य र ३० जना सांसद लिएर पार्टी विभाजन गरेका थिए ।

प्रतिक्रिया