३ दिनसम्म भारी बर्षाको सम्भावना

नेपालखोज २०७८ भदौ १० गते १९:१५

काठमाडौं । तीन दिनसम्म नेपालमा भारी बर्षा हुने सम्भावना रहेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापना प्राधिकरणले भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन भारी वर्षा हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले जोखिम क्षेत्रका वस्तीहरूको आकलन गरी सुरक्षित स्थानमा सर्न पनि स्थानीय तहलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया