मंगलबार, वैशाख १६, २०८२

प्रहरीद्वारा एकै दिन १० हजार बढीलाई नि:शुल्क मास्क वितरण

नेपालखोज २०७८ भदौ १० गते २१:४२

काठमाडौं । नेपाल प्रहरीले एकै दिन १० हजार बढीलाई निःशुल्क मास्क वितरण गरेको छ ।

कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १० हजार २ सय ४७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ३२ हजार ३ सय ६० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ४२ जनालाई १४ हजार २ सय रुपैयाँ जरिवाना गरिएको छ ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार ५ सय ५ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको १ सय ४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत १४ हजार २ सय ४९ जनालाई सचेत गराइएको छ ।

प्रतिक्रिया