बिहीबार, जेठ ३, २०८१

सम्बन्ध कसरी सुमधुर बनाउने ? (भिडियोसहित)

नेपालखोज २०७८ भदौ ११ गते ११:२९

हाइलाइट्स :

-दम्पतीबीच झगडा हुनुको मुख्य कारण एक-अर्कासँगको अपेक्षा नै हो । जस्तो दुवै व्यक्तिबीच आफ्नो रुचि हुन सक्छ । त्यो भने नमिलेको अनुभूति हुनुले उनीहरूबीच मनमुटाव हुन्छ । कहिलेकाहीँ त्यसलै ठूलो रूप लिन्छ ।
-वैवाहिक जीवनमा बाँधिदा कुन उद्देश्य पार्टनरसिपमा बस्नुभयो भन्ने कुरा आफ्नैबारे सोच्नुहोस् यो सबैभन्दा जरुरी छ ।
-कतिपय अवस्थामा दम्पतीमा चाहिँ अर्को यस्तै गर्नुपर्छ भन्ने खालको जुन तपाईंको अपेक्षा आशाहरू छन् त्यो कुरा वास्तवमा तपाईं आफैं पूरा गर्न सक्नुभएको छ कि छैन तपाईं त्यही ठाउँमा भए गर्न सकिन्छ कि सकिँदैन त्यो कुरा पनि याद गर्नुपर्छ ।
-दम्पतीमा द्वन्द्व सिर्जना गर्न नदिन एक-अर्कालाई ठाउँचाहिँ सधैंभरी राखिदिन जरुरी छ । जस्तो एक–अर्काको खुलापनलाई कदर सम्मान अनि विश्वास गर्नुपर्छ यो खालको वातावरण भयो भने दम्पतीहरूबीच असमझदारी उत्पन्न हुँदैन ।
-दम्पतीमा कुनै पनि मनमुटावको कुराहरू सिर्जना हुन्छन् भने एक-आपसमा बसेर कुराकानी गर्न जरुरी हुन्छ ।

प्रतिक्रिया