शनिबार, वैशाख २९, २०८१

करोडौं लिन्छन् यी दक्षिण भारतीय नायिकाहरु

नेपालखोज २०७८ भदौ ११ गते १६:२०

काठमाडौं । दक्षिण भारतका सुपरस्टारहरु आफ्नो लग्जरी लाइफ र सानसौकतका लागि प्रसिद्ध छन् । फिल्ममा पनि उनीहरुको पारिश्रमिक करोडौंमा हुन्छ जसलाई सुनेर साधारण मानिसको होस उड्छ । यो मामिलामा साउथका अभिनेता मात्र नभएर अभिनेत्रीहरु पनि कम छैनन् । पारिश्रमिकमा उनीहरुले अभिनेताहरुलाई समेत टक्कर दिइरहेका छन् ।

अनुष्का सेट्टी : बाहुबलीकी अभिनेत्री अनुष्का साउथ कि ‘हाइएस्ट पेड एक्ट्रेस’ मध्ये एक हुन् । एक भारतीय मिडिया रिपोर्टअनुसार, उनले एउटा फिल्ममा काम गरेको ७ देखि ८ करोड लिन्छन् । अनुष्काका अनुसार उनले कहिल्यै फिल्ममा काम गर्ने चाहना वा उद्देश्य राखिनन् । उनी त योग टिचर थिइन् । कुनै डाइरेक्टरले उनले योग प्रशिक्षण दिएको देखे अनि उनलाई आफ्नो फिल्ममा काम गर्न अफर गरे । अनुष्काले त्यो अफर स्वीकार गरिन् । त्यसपछि उनको भाग्य नै बदलियो ।

नयनतारा : साउथकी सुन्दर अभिनेत्रीमध्ये एक नयनतारा पनि ‘हाइएस्ट पेड एक्ट्रेस’ हुन् । उनलाई एउटा फिल्ममा काम गरेको करिब सवा ३ करोड दिइन्छ ।

काजल अग्रवाल : साउथका साथै बलिउडमा समेत स्थान बनाइसकेकी काजल अग्रवाल पनि महँगो पारिश्रमिक लिने अभिनेत्री हुन् । उनको पारिश्रमिक प्रतिफिल्म करिब ५ करोड रुपैयाँ छ ।

श्रुति हसन : कमल हसनकी जेठी छोरी श्रुतिले बलिउडमा खासै स्थान बनाउन नसके पनि उनले साउथको फिल्म इन्डस्ट्रीमा राम्रै उपस्थिति जनाएकी छन् । श्रुति साउथमा एउटा फिल्ममा काम गरेको ३ देखि ४ करोड रुपैयाँ लिन्छिन् । -भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया