संघीयता विरोधी लोकतान्त्रिक हुन सक्दैनन् : मुख्यमन्त्री राउत

नेपालखोज २०७८ भदौ ११ गते १९:००

काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता विरोधीका मतियार कहिल्यै पनि लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपाल केन्द्रीय समितिद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय अभिमुखीकरणमा बोल्दै उनले अश्वासनै आश्वासनको पछि लाग्ने पनि प्रतिगामी भएको धारणा राखेका हुन् ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई असहयोग गर्ने र सङ्घीयतालाई समाप्त गर्न खोज्नेसँग प्रिय बन्न खोज्नु आश्चर्य भएको बताए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार शहीद परिवारको मुद्दालाई सम्बोधन गर्न गम्भीर रहेको बताउँदै यथाशीघ्र शहीद परिवारको भरणपोषणकार्य सुरु गर्ने आश्वासन दिए।

प्रतिक्रिया