‘अहिले पनि देशी-विदेशी शक्तिहरुको चलखेल भइरहेको छ’

नेपालखोज २०७८ भदौ ११ गते २०:१५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताएका छन् ।

धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताएका हुन् ।

संविधानअनुसार यो सरकार बनेको बताउँदै उहाँले अहिले पनि देशी विदेशी शक्तिहरुको चलखेल भइरहेकाले सावधानी अपनाई समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया