‘एकीकृत समाजवादी पार्टीले कुनै पार्टीसँग एकता गर्दैन’

काठमाडाैं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । आइतबार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताए ।
सञ्चार माध्यममा एकीकृत समाजवादी पार्टी अन्य पार्टी सँग एकता गर्न लागेको, अरुको पार्टीमा गएर विलिन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उनले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गरे ।
आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरु विद्यमान रहेको भन्दै उहाँले पार्टी एकता नहुने स्पष्ट पारे । अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशिल, चलायमान र समृद्ध बनाउन र जनतालाई गरीबीको चक्रबाट मुक्त गर्नका लागि आफुहरुको ध्यान केन्द्रीत हुने बताए ।
उनले पार्टीमा युवाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर अगाडी बढाउन तयार रहेको पनि बताए । उनले आफूहरु माक्र्सवादबाट निर्देशित भएर वर्गिय दृष्टिकोण आत्मसात् गर्दै अघि बढ्ने बताए । नेता, कार्यकर्ताहरुले दृष्टिकोणमा विचलन आउन नदिन र गैर सर्वहारा प्रवृति हटाउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया