नेता थापाद्वारा महामन्त्रीमा उम्मेद्वारी घोषणा
नेपालखोज
२०७८ भदौ १४ गते १३:४७

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेस महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन् । उनले आफ्नो वडामा सोमबार बिहान भएको कार्यक्रमलाई सम्बोधन गर्दै आगामी महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेका हुन् ।
आफ्नो दावेदारीको आधार आफ्ना अग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको उनले बताए । थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको बताए ।
सम्बन्धित

प्रतिक्रिया