‘माओवादी पहिलो पार्टी नभएसम्म देशमा स्थायित्व हुन्न’ : प्रचण्ड

नेपालखोज २०७८ भदौ १४ गते १७:४९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी देशको पहिलो पार्टी नभएसम्म देशमा स्थायित्व कायम नहुने दाबी गरेका छन् ।

काठमाडौंको जोरपाटीमा सर्लाही-काठमाडौं समन्वय समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले केपी ओलीलाई प्रधानमन्त्री बनाएर सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धी झण्डै जोखिममा पुगेको बताए ।

संसदमा बोल्दा ओलीलाई आगोसँग नखेल्न भएको कुरा विस्तारै पुष्टि हुँदै जाने उनको तर्क थियो ।

लाखौँ जनतालाई सडकमा ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीहरूको प्रयासलाई आफूहरुले विफल बनाएको उनले सुनाए ।

प्रतिक्रिया