मंगलबार, वैशाख १६, २०८२

नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा सिन्धुलीको माडीमा

नेपालखोज २०७८ भदौ १५ गते २१:१७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८७औं शाखा सिन्धुली माडीमा विस्तार गरेको छ ।

नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्क‍बहादुर खल्ती र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका हुन् । माडी शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्‍याउने र वित्तीय साक्षरता फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्ने बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले सबै क्षेत्रमा गरी ८७ शाखा, एक सय ३० एटीएम काउन्टर, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा पुर्‍याइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकाशन–युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५, २०७८ मा युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया