बोहोराटारमा पौडेल पक्षको घनिभूत छलफल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलनिवास बाेहाेराटारमा उनीपक्षीय नेताहरूकाे घनिभूत छलफल चलिरहेकाे छ ।
बैठकमा सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेद्वार तय गर्नेलगायत विषयमा छलफल भइरहेको छ ।
यसअघि हिजो (मंगलबार) काे बैठकमा पनि सरकारको प्रभावकारिताका विषयमा पौडेल पक्षका नेताहरुले प्रश्न उठाएका थिए । उनीहरूले आफूले पाउने मन्त्रालयमा मात्र नियुक्त गरेर भए पनि सरकारको प्रभावकारिता स्थापित गर्न प्रधानमन्त्री देउवालाई सुझाएका थिए ।
पौडेल पक्षका नेताहरुले यही भदौ १८ गतेअगावै सभापतिको साझा उम्मेद्वार तय गर्न छलफललाई निरन्तरता दिने प्रयास गरेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट सुरू हुँदै छ । त्यसअघि नै सभापतिको साझा उम्मेद्वार तय गर्ने र आफ्नो पक्षका नेता–कार्यकर्ता वडादेखि नै संगठित गराउने प्रयासमा पौडेल पक्ष छ ।

प्रतिक्रिया