मन्त्रिपरिषद्को बैठक बस्दै

नेपालखोज २०७८ भदौ १६ गते १२:३५

काठमाडौं। मन्त्रिपरिषद्को बैठक बुधबार (आज) बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।
आजको बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ । यस्तै समसामयिक विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया