सर्पको विषबाट कोरोना उपचार !

साओ पाउलो । कोरोना भाइरसको उपचार अब चाँडै सर्पको विषबाट गर्न सकिनेछ । ब्राजिलका शोधकर्ताहरुका अनुसार सर्पको विषमा बिद्यमान एउटा म्यालेक्यूलले बाँदरको सेलमा कोरोना भाइरसको वृद्धि लाई धेरै हद सम्म रोकेको पाईएको छ । यद्यपि , मानिसमा कोभिड विरुद्ध यो विष प्रयोग गर्दा त्यसले मानव स्वास्थ्यमा पार्ने असरका सम्बन्ध भने कुनै जानकारी उपलब्ध हुन सकेको छैन । शोधकर्ताहरुले यसको प्रयोग मानव सेल्समा गर्न सकिने कुरा बताएका त छन तर त्यस्तो प्रयोग कहिले – कहाँ हुनेछ अनि यसको परिणाम कहिले सम्म आउनेछ भन्ने कुरा भने अज्ञात नै छ ।
साइन्स जर्नल म्यालेक्यूल्समा प्रकाशित एक अध्ययन अनुसार Jararacussu pit viper ले बाँदरको सेल्समा कोरोना भाइरस बढाउने क्षमतालाई पचहत्तर प्रतिशतसम्म रोकेको पाईएको छ । साओ पाउलो यूनिभर्सिटीका प्रोफेसर तथा यो अध्ययनका लेखक राफेल गीडो भन्छन – ‘ सर्पको विषको यो निश्चित भाग कोरोना भाइरसको खास प्रोटीनलाई रोक्न सफल छ भन्ने कुरा प्रमाणित गर्न हामी सफल भयाैं । ’
यो म्यालेक्यूल पेप्टाइड वा अमीनो एसिड को चेन हो , जो कोरोना भाइरस को PL Pro एन्जाइमसँग जोडिन्छ र अन्य सेल्सलाई नाेक्सान नपुर्याई कोरोना भाइरसको वृद्धि रोक्छ । यसका लागि सर्पको शिकार गर्ने वा सर्पलाई समातिरहनुपर्ने आवश्यकता नभएको बताईएको छ ।
जाराराक्युजु ब्राजीलको सबैभन्दा लामाे सर्पमध्ये एक हो जसको लम्बाइ किरब ६ फिट सम्म हुन्छ । हाल प्रयोगका लागि यहि सर्पको विषबाट काम गरिए पनि यसलाई ल्याबमा नै निर्माण गर्न सकिनेछ ।
आफ्नो एन्टिब्याक्टेरियल गुणका कारण पहिले नै चिनिँदै आएको यो पेप्टाइड ल्याबमा तयार गर्न सकिने हुँदा सर्प मार्नु वा सर्प पाल्नु पर्ने आवस्यकता नभएको हो ।
– अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया