गोरु काट्दै गरेको अवस्थामा पाँच जना पक्राउ
नेपालखोज
२०७८ भदौ १७ गते १४:३२

काठमाडौं । शंखरापुर नगरपालिका–३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका –३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत रहेका छन् ।
ढोक्साङमा दुई वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करिब ५ सय किलो गोरुको मासु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया