लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
नेपालखोज
२०७८ भदौ १७ गते १५:२८

काठमाडौं । लक्ष्मी बैंकद्वारा निष्काशित दुई अर्ब मूल्य बराबरको ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ ।
सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ । आज बिहिबार एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुखकार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरे ।
सम्बन्धित
प्रतिक्रिया