विवकेशील साझाका पाण्डे पक्षको बैठक निष्कर्ष विहिन

नेपालखोज २०७८ भदौ १७ गते १७:५८


काठमाडाैं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

बैठकले अध्यक्ष रवीन्द्र मिश्र पक्षले रोकेको विधानलाई अघि बढाउने विषयमा छलफल गरेको भएतापनि निर्णय भने हुन सकेन ।

आजको विवेकशील साझा पार्टीका संयोजक पाण्डे पक्षको बैठक निष्कर्ष विहिन भएको छ ।

यता, न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया भने शुरु गरिएको छ । त्यसका लागि कार्यविधि बनाउन सचिवालय सदस्य आशुतोष तिवारीको नेतृत्वमा कार्यदल बनाउने भनिएको छ । पाण्डे पक्षको बिहीबार (आज) को बैठकमा ४१ जना केन्द्रीय सदस्य सहभागी रहेका थिए ।

प्रतिक्रिया