दार्चुला तुइन घटनाको प्रतिवेदनबारे कुनै जानकारी आएको छैन : भारत

नेपालखोज २०७८ भदौ १७ गते १९:०४

काठमाडौं । भारतीय विदेश मन्त्रालयले दार्चुला तुइन प्रकरणको छानबिन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडियाबाट थाहा पाएपनि औपचारिक जानकारी नभएको बताएका हुन्  ।

गत साउन १५ गते दार्चुलाकाे व्यास गाउँपालिकाका जयसिंह धामी ‘भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन खुस्काइदिएपछि’ महाकालीमा बेपत्ता भएका थिए ।

प्रतिक्रिया