अमेरिकामा आँधीपछिको बाढीमा परी तीन नेपालीको मृत्यु
नेपालखोज
२०७८ भदौ १८ गते ११:१०

काठमाडाैं । अमेरिकाको न्युयोर्कमा आँधीपछि आएको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ ।
न्युयोर्कको उडसाइडस्थित घरको वेसमेन्टमा बस्दै आएका उनीहरुको बेसमेन्टमा पानी भरिएर मृत्यु भएको हो । मृत्यु हुनेहरुमा सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको बाढीमा परी मृत्यु भएको हो ।
सुतेको बेला डुबेर मृत्यु भएका उनीहरुको शव सुरक्षाकर्मीले बाहिर निकालेका थिए ।
सम्बन्धित

प्रतिक्रिया