कोरोनाविरुद्धको खोप सीमामै रोकियो

नेपालखोज २०७८ भदौ १८ गते १३:०२


कञ्चनपुर। पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।


सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए ।


हालसम्म भारतबाट फर्कने ३०० भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको उनको भनाइ छ ।


सीमा नाकामा पहिलो खोप लाउनेले दोश्रोे मात्रा सम्बन्धित जिल्लामै लगाउनुपर्ने भएको छ। दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने गरेका छन् ।


खोपको सामान्य ‘साइड इफेक्ट’ रहेपनि हालसम्म खोप लगाएकाहरुमा कुनै जटिल समस्या देखिएको उनको दाबी छ । सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलागाएको जानकारी भएपछि मात्रै खोप दिइने र जटिल अबस्थाका र दिर्घरोगीलाई भने खोप नलगाइने बताए ।

प्रतिक्रिया