चौबीस घण्टामा १,७५६ संक्रमित थपिए, २,२७४ जना डिस्चार्ज
नेपालखोज
२०७८ भदौ १८ गते १६:१०

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ७५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार २७४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७७३ जनाको पीसीआर परीक्षणबाट १ हजार ३५७ र ४ हजार ५६१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३९९ जना गरी जम्मा १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ०६ रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया