बुधबार, जेठ १, २०८२

त्रिविद्वारा दीक्षान्त समारोहका लागि अनलाइन फाराम संकलन सुरु

नेपालखोज २०७८ भदौ २० गते ११:३८


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन फारम संकलन सोमबार (भोली) देखि सुरु गर्दै छ ।

२०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन आवेदन भर्न सकिने छ ।

यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको बताइएको छ ।

अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी रहेको छ ।

प्रतिक्रिया