एमालेले दायर गरेको रिट प्रधानन्यायाधीश जबराको इजलासमा
नेपालखोज
२०७८ भदौ २० गते १२:४५

काठमाडाैं । नेकपा (एमाले) ले दायर गरेको रिट आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दायर मुद्दा प्रधानन्यायाधीशको इजलासमा परेको हो ।
यसअघि यो रिट न्यायाधीश मीरा खड्काको इजालासमा परेको थियो ।
प्रतिनिधिसभाका सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभाका सभामुखविरुद्धको रिटमा एमाले अध्यक्ष ओलीका तर्फबाट सर्वोच्च अदालतमा परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरिसकेका व्यक्तिको कारबाही कार्यान्वयन नगरेको भन्दै उनलाई विपक्षी बनाइएको हो ।
सम्बन्धित

प्रतिक्रिया