कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याउने’ सूचीमा

नेपालखोज २०७८ भदौ २० गते १४:०५


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट आज (आइतबार) ‘हेर्न नभ्याउने’ सूचीमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजालासमा परेको रिट हेर्न नभ्याउने सूचीमा परेको हो ।


यस्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दायर रिट पनि ‘हेर्न नभ्याउने’ सूचीमा परेको छ। अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध, निर्वाचन आयोगविरुद्ध र लुम्बिनी प्रदेशसभाविरुद्ध सर्वोच्च अदालतमा तीनवटा रिट दायर गरिएका थिए ।

प्रतिक्रिया