ललितपुर महानगरपालिकाको ‘पाटन सङ्ग्रहालय’ खुला गरिने

काठमाडौं । ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्र रहेको ‘पाटन सङ्ग्रहालय’ खुला गरिने भएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले एक सूचना जारी गरी यही भदौ २३ गते (भोली)देखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका साथै अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी दिएका छन् ।
निषेधाज्ञासँगै गएको वैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरिएको थियो । अब भने स्वास्थ्य मापदण्ड पालना गराएर खुलाउने तयारी भएको हो ।
दरबार क्षेत्र खुलाउने कुरा अघि बढेसँगै आफूहरू तयारी अवस्थामा रहेको पाटन दरबार सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए ।
पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीहरुको पुरानो थलो पनि हो । पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाडौँ उपत्यकाका तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो शहरका रूपमा परिचित छ ।

प्रतिक्रिया