६० अंकले घट्यो नेप्से, ६ अर्ब ६४ करोडको मात्रै सेयर किनबेच

नेपालखोज २०७८ भदौ २३ गते १५:४०

काठमाडौं । नेप्सेको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४४ अंकले घटेको नेप्से आज बुधबार पुनः ६० दशमलव दुई अंकले घटेर दुई हजार आठ सय ७६ दशमलव ५९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ९१ अंकले घटेर पाँच सय ३६ दशमलव ५१ अंकमा पुगेको छ ।

आज दुई सय २५ वटा कम्पनीहरुको ७४ हजार आठ सय ९० पटकको कारोबारमा एक करोड ६१ लाख ४८ हजार छ सय ५२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ६४ करोड ६६ लाख २३ हजार चार सय २७ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक ३१ दशमलव ९६ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव ६६ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक एक सय ५७ दशमलव ९७ अंकले घटेर पाँच हजार तीन सय ४८ दशमलव तीन अंकमा झरेको छ ।

यसैगरी निर्जिवन बिमा समूहको सूचक पनि तीन सय २८ दशमलव ८२ अंकले घटेर १३ हजार एक दशमलव ३६ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि चार सय २१ दशमलव ३६ अंकले घटेर १६ हजार एक सय २४ दशमलव १५ अंकमा झरेको छ ।

आज जलविद्युुत, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

आज शुर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ९७ रुपैयाँ ४० पैसामा कारोबार हुँदा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सेयर मूल्य छ दशमलव छ प्रतिशतले घटेर दुई हजार रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज युनाइटेड मोदी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता छ सय २९ रुपैंयाँ अन्तिम मूल्यमा ४० करोड ५७ लाख ७५ हजार चार सय ६१ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोवार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया