चीन र अमेरिकाका राष्ट्रपतिबीच टेलिफोन वार्ता
नेपालखोज
२०७८ भदौ २५ गते ११:३१

काठमाडौं । चीन र अमेरिकाका राष्ट्रपतिबीच सात महिनापछि पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशित गरेको एउटा विज्ञप्तिअनुसार दुई नेताले बिहीवार (हिजो) दुई पक्षका स्वार्थहरू मिल्ने क्षेत्रबारे छलफल गरेका हुन्।
बाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि सीसँग यो उनको दोस्रो संवाद हो। व्यापार, गुप्तचरी र महामारीका विषयमा मतान्तर भएकाले चीन -अमेरिका सम्बन्धबीच तनाव कायम छ। बीबीसी
सम्बन्धित
प्रतिक्रिया