शुक्रबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध

नेपालखोज २०७८ भदौ २५ गते १४:११

काठमाडैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण शुक्रबार बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि १५ मिनेटको लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको जानकारी गराउन साथ कुदेर वेल घेराउ गर्न पुगेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेका थिए ।

संवैधानिक सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर लगायतका नारा लगाइएको थियो । सभामुख सापकोटाले प्रतिपक्षी दलले उठाएको प्रश्नको उत्तर आफूले दिइसकेको भन्दै बैठक सञ्चालन गर्न पटक–पटक आग्रह गरेको भएपनि प्रतिपक्षी सांसदहरुले निरन्तर नाराबाजी गरेका थिए ।

सभामुख सापकोटाले संविधानको धारा १०५ अनुसार अदालतमा विचाराधिन विषय संसदमा उठाउन नमिल्ने पनि बताएका थिए । पटक पटक आग्रह गर्दापनि नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित गरिएको बताए ।

प्रतिक्रिया