पहाडीको उपचार दिल्लीमा हुँदै

नेपालखोज २०७८ भदौ २६ गते १४:२३

काठमाडौं । मानवअधिकारवादी नेता तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीको भारतको राजधानी नयाँ दिल्लीमा उपचार भइरहेको छ । उनमा अल्सर, मधुमेह, उच्च रक्तचाप, थाइराइड, स्पोन्डोलाइसिस, हड्डीको समस्या, प्रोस्टेट, घाँटी, नाक र घुँडामा गरी झन्डै एक दर्जन स्वास्थ समस्या छ ।

पहाडीका भतिजा वरुण दाहालका अनुसार भदौ २४ गते दिल्लीको हस्पिटलमा उनको आन्द्रामा रहेको पोलिप हटाउने कार्य सम्पन्न भयो । त्यसअघि भदौ २२ गते पहाडीको एक घण्टा लामो नाकको अप्रेसन गरिएको थियो । उनको नाकको यो तेस्रो अपरेसन हो ।

दिल्लीमा पहाडीको देब्रे हातको पीडाको उपचार पनि सुरु भएको छ । ९ वर्षअघि दिल्लीमा उनको दाहिने हातको अप्रेसन गरी ट्युमर निकालिएको थियो ।

पहाडीको स्वास्थ सुधारोन्मुख रहेको र अन्य समस्याको उपचारमा थप केही दिनलाग्ने जानकारी दाहालले दिएका छन् ।

प्रतिक्रिया