एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मंगलबार, देशभर संगठन विस्तार गर्ने विषयमा छलफल हुने
नेपालखोज
२०७८ भदौ २६ गते १६:२६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मंगलबार काठमाडौंमा बस्ने भएको छ ।
बैठकमा केही नेताको कार्य विभाजन, देशभर संगठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरुलाई जिम्मेवारी प्रदान गरेको थियो । नेकपा (एमाले) बाट अलग भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय संगठन निर्माण गरिरहेको छ । पार्टीको यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा गर्न लागिएको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया