‘प्रतिस्थापन बजेट वक्तव्यबाजी मात्रै हो’
नेपालखोज
२०७८ भदौ २७ गते १३:०९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्थापन बजेट वक्तव्यबाजी मात्रै भएको बताएका छन् ।
जनताका समस्या सम्बोधन गर्न अर्थतन्त्रलाई माथि उठाउने कुरामा बजेटमा केहि नआएको बताए । सर्वदलीय, सहमतीय, सहकार्यतिर लैजानुपर्ने आवश्यकता भएपनि यो सरकारले अस्थिरताको खेति गरेको उनकाे आरोप छ ।
उनले एमाले विभाजन गराउन सभामुख अग्निप्रसाद सापकोटाको षडयन्त्रपूर्वक संलग्नता रहेको बताए । यस्तै, उनले यो सरकारले आफ्नो सरकारले ल्याएका सडकलगायतका आयोजना नै गायब गराएको बताए । पार्टीका उपमहासचिव विष्णु पौडेलले लोकप्रीयताका लागि प्रतिस्थापन बजेट ल्याएकाे आरोप लगाए ।
सम्बन्धित

प्रतिक्रिया