प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्म स्थगित

नेपालखोज २०७८ भदौ २७ गते १५:२५
तस्बिर रासस ।

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् । आइतबार (आज) को बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन खाेजेकाे भएको भन्दै एमालेले संसदमा विरोध प्रदर्शन गर्दै आएको छ ।

सभामुख सापकोटाले एमालेलाई संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेतापनि एमाले सांसदहरुले ‘संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर’ लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया