पार्टीको सांगठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै
नेपालखोज
२०७८ भदौ २८ गते १२:०४

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक असोज ५ गतेका लागि बोलाएको छ । पार्टीको सांगठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
असोज ५ गते बिहान ११ बजे बस्ने बैठकमा ‘नयाँ पार्टीको जिल्ला नेतृत्वको जिम्मेवारी तोक्ने , जनवर्गीय सङ्गठन बनाउने लगायत विषयमा निर्णय लिने जनाइएको छ । एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय कमिटी बैठक गर्न लागेको हो । ।
सम्बन्धित

प्रतिक्रिया