बिहीबार, जेठ २, २०८२

क्रिकेट लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दै

नेपालखोज २०७८ भदौ २८ गते १३:२६


काठमाडौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज (सोमबार) देखि त्रिकोणात्मक प्रतिस्पर्धामा उत्रिदैछ ।
ओमानस्थित क्रिकेट मैदानमा नेपालले अपराह्न सवा ४ बजे अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो खेल भोलि (मंगलबार) ओमानसँग खेल्नेछ । तेस्रो खेलमा आगामी शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि लिग–१मा नेपालले पपुवा न्युगिनीसँग भएका दुवै खेलमा जित हासिल गरेको थियो ।

अमेरिकासँगको प्रतियोगितामा पनि दुवै खेल जितेको थियो ।ओमानसँग भने दुवै खेलमा पराजय भोगेको थियो । लिगमा ओमान १० खेलमा १६ अंकका साथ शीर्ष स्थानमा र नेपाल ४ खेलमा ४ अंक जोडेर छैठौं स्थानमा छ ।

प्रतिक्रिया