शुक्रबार, वैशाख १४, २०८१

एन्ड्रोइड प्रयोगकर्ताहरु सावधान ! १९ हजारभन्दा बढी एप्समा गडबडी

नेपालखोज २०७८ भदौ २९ गते ७:३८

गुगल प्ले स्टोरमा खतरनाक एप्सहरु छन् । डिजिटल सुरक्षा कम्पनी अवास्टका अनुसार यो प्लेटफर्ममा १९ हजारभन्दा बढी एपमा गलत कन्फिगरेसनका साथ कमजोरीहरु पाइएको छ । जसका कारण प्रयोगकर्ताको डाटा लिक हुन सक्छ ।

काठमाडौं । गुगल प्ले स्टोर एड्रोइड स्मार्टफोनका एप्स डाउनलोड गर्ने सबैभन्दा सुरक्षित र सरल सोर्स मानिन्छ । यद्यपि गुगल प्ले स्टोरमा यस्ता कैयौं एप्स छन् जसले हाम्रो मोबाइललाई सुरक्षा जोखिममा पुर्‍याउँछन् । गुगलले आफ्नो एप स्टोरको नियमित जाँच गरिरहेको हुन्छ र समय-समयमा विभिन्न कारबाहीसमेत गरिन्छ ।

डिजिटल सुरक्षा कम्पनी अवास्टका अनुसार उसले १९ हजार ३ सय जति त्यस्ता एप्स हालै मात्र पत्ता लगायो । एन्ड्रोइड एपको फायरबेस डाटाबेसको गलत कन्फिगरेसनका कारण ती एप प्रयोगकर्ताको डाटा जोसुकैको पहुँचमा पुगेको पाइएको छ ।

ध्यान दिनुहोस्
-भेरिफाई नगरी गुगल प्ले स्टोरबाट कुनै पनि एप्स डाउनलोड नगर्नुहोस् । सम्बन्धित एप्सको डिटेल्स ध्यानपूर्वक पढ्नुहोस् ।
-असुरक्षित एप्समा एक-दुई स्पेलिङ गलत हुन्छ भन्ने कुरामा ध्यान पुर्‍याउनु होस् ।
-त्यस्ता एप्समा विश्वास नगर्नु होस् जसले नि:शुल्क वा धेरै ठूलो छुटमा ठूला-ठूला कुरा वा अवार्ड दिने दाबी गर्छन् ।
-एप डाउनलोड गर्नुपूर्व त्यसका प्रयोगकर्ताहरुको रिभ्यु अवश्य पढ्नुहोस् ।
-आफ्नो मोबाइल फोनमा राम्रो र विश्वसनीय एन्टी-भाइरस सफ्टवेयर मात्र प्रयोग गर्नुहोस् ।

गुगलले प्ले-स्टोरमा भएका केही खतरनाक एप्स हालै मात्र पनि हटाएको छ । ती एप्सको प्रयोग ह्याकर्सहरुले निजी फाइदा, प्रयोगकर्ताहरुलाई फसाउन वा पर्सनल डिटेल्स चोर्न गरिरहेका थिए । यदि आफ्नो फोनमा पनि यस्ता एप्स छन् भने अबेर नगरी तत्काल तिनलाई डिलिट गरिदिनुहोस् ।

-प्रतीकात्मक तस्बिर

प्रतिक्रिया