निर्धारित मितिमा एनआरएनएको महाअधिवेशन गर्न माग

नेपालखोज २०७८ भदौ २९ गते ७:१३


काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्धारित मितिमा एनआरएनएको १० औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन नेपाल सरकारसँग माग गरेका छन् ।
उनले वर्तमान कार्यसमितिले संस्थागत सुधारका लागि विशेष अधिवेशन गरेर नयाँ विधान संशोधन गरेको र त्यही विधानका आधारमा महाधिवेशन गर्न लागेकोसमेत जानकारी दिए । रासस

प्रतिक्रिया