बिहीबार, जेठ २, २०८२

बैंकिङ कसूर मुद्दाका फरार कार्की काडाँघारीबाट पक्राउ

नेपालखोज २०७८ भदौ २९ गते १३:२८


काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ काँडाघारी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भएका ३९ वर्षीय दिपक कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७६ फागुन १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद तथा ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं काडाँघारीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको उक्त महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया