लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित
नेपालखोज
२०७८ भदौ २९ गते १९:०४

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ । प्रदेशसभा सचिवालयले बुधबार (भोली)का लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ ।
अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार दुई पटक स्थगन भइसकेको छ । –रासस
सम्बन्धित
प्रतिक्रिया