बुधबार, जेठ १, २०८२

आजदेखि कक्षा १२ को परीक्षा सुरु, कोभिड-१९ संक्रमित विद्यार्थीले पछि परीक्षा दिने पाउने

नेपालखोज २०७८ भदौ ३० गते ९:२९

काठमाडौं । आज (बुधबार) देखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ । परीक्षा बिहान ११ बजे शुरु हुँदै छ ।

यो वर्ष पौने चार लाख विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । बोर्डले होम सेन्टर तोकेर देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालनको तयारी रहेको बताइएकाे छ ।

बोर्डले कोभिड-१९ संक्रमित विद्यार्थीलाई पनि पछि परीक्षा दिने व्यवस्था गरेको छ तर कोभिड संक्रमणकै अवस्थामा परीक्षा दिन चाहने विद्यार्थीका लागि आइसोलेसन कक्षको व्यवस्था गर्न केन्द्रलाई निर्देशन दिएको छ । परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ ।यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरेको थियो ।

प्रतिक्रिया