शनिबार, वैशाख १३, २०८२

‘नेपालको यस्तो कुनै ठाउँ छैन जहाँ साल्ट ट्रेडिङ नपुगेको होस्’

नेपालखोज २०७८ भदौ ३० गते १७:४०

अघिल्लो सरकारले नुन आयातको विषयमा गरेको नीतिगत निर्णय उल्टिएसँगै साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा उत्साह छाएको छ । ४८ वर्षअघि स्थापना भइ निरन्तर काम गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नुन आयात गर्ने कामलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नीजि क्षेत्रलाई दिन खोजेको थियो । सरकारको यो कदमको चौतर्फी बिरोध भएपछि निर्णय प्रक्रिया धेरै अघि बढ्न सकेन । केही व्यापारिक समूहको स्वार्थले भूमिका खेलेको भन्ने आरोप लाग्दै आएको छ । सरकार परिवर्तन भएसँगै अघिल्लो सरकारको निर्णय उल्टिएको छ । यो कुराको संकेत वर्तमान अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन मार्फत् गरीकेका छन् । पत्रकारसँगको कुराकानीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनका नायव महाप्रवन्धक व्रजेश झाले नेपालीहरुको महान पर्व दशैँको उपलक्ष्यमा यसवर्ष पनि नुनसहित विभिन्न खाद्यान्नमा विशेष छुट दिने बतएका छन् । मन्त्रालयबाट पत्र आएपछि मात्रै सरकारले तोकेअनुसार नै नुनमा छुट दिने र अन्य खाद्यान्नमा कर्पोरेशनले सकेजति सहुलियत दिने उनले बताए । उनले कर्पोरेशनमा चिनीको स्टक नभएकोले यसको पनि तत्काल समस्या समाधान गरिने बताए । प्रस्तुत छ नायब महाप्रवन्धक व्रजेश झासँग गरिएको कुराकानी ।

नुनको अहिले सुखद् चर्चा छ, काम गर्न पनि सजिलो भएको होला ? र नुनको अवस्था अहिले ठ्याक्कै कस्तो छ ?
निश्चय पनि सुखद् छ । नुन नेपालमा वार्षिक रुपमा २ लाख १५ हजार मेट्रिक्टनको हाराहामीमा खपथ हुन्छ छ र हाम्रो आफ्नो स्रोत छैन । नेपालभित्र नुनको कुनै पनि स्रोत छैन । हामी टोटल्ली (पूर्णरुपमा) कि त दक्षिण राष्ट्रसँग निर्भर छौँ, कही मात्रामा हामी तिब्बतबाट पनि नुन ल्याउँछौँ । उत्तरी नाकाबाट पनि नुन ल्याउँछौँ । आफ्नो स्रोत नभएको कारणले यसको आपूर्तिको व्यवस्थापन त्यति सजिलो छैन । जुनसुकै अवस्थामा पनि साल्ट ट्रडिङ्गले सहज सुलभ रुपमै नुनको आपूर्ति गर्दै आइरहेको छ । चाहे त्यो २०४५ सालको भारतकोसँगको ट्रेड एण्ड ट्रान्जिट नभएको बेलाको होस् । नवीकरण नभएको बेला, वा ०४६ सालको जनआन्दोलनको बेला होस्, वा ०६३ को जनआन्दोलन होस्, वा पहिलो मधेश आन्दोलन होस्, भूकम्पले थलिएको बेला होस्, दोस्रो मधेश आन्दोलन र त्यो सँगसँगै अघोषित नाकाबन्दी, साल्ट ट्रेडिङ्गले कहिले पनि आफ्ना उपभोक्तालाई नुनको अभाव हुन दिइएन, त्यसमा हामी गर्व गर्दछौँ ।

वितरण कस्तो छ र कसरी गरिरहनु भएको छ ?
कर्पोरेशन आफैँ पनि गर्व गरिरहेको छ । हाम्रो ९३ वटा कार्यालयमार्फत् ६ हजार डिलर नेटवर्क छ । त्यसमार्फत् हामीले नेपालको प्रत्येक नागरिकको भान्सामा नुन पुगाएका छौं । सायद मलाई लाग्छ, नेपालका सार्वजनिक संस्थानहरु मध्ये सबैभन्दा धेरै जनतासँग पहुँच बनाएको संस्था हामी मात्रै छौँ जस्तो लाग्छ ।

नुनको कारोवार, नुनकै आयात गरिरहँदा एक किसिमले विज्ञता पनि पाइसक्नुभयो । हामीले गर्ने वितरण प्रणाली र अरुले गर्ने वितरण प्रणालीमा के भिन्नता छ ? के कारणले हामीलाई फरक बनाउँछ ?
नेपाल सरकारको स्वामित्व भएको संस्था हो, साल्ट ट्रडिङ्ग । नेपाल सरकार र नेपाल सरकारको स्वामित्व भएको दुई वटै गरेर सेयर करिव २१.२६ प्रतिशत जति छ । बाँकी जम्मै ७८.७६ प्रतिशत जति पब्लिकको सेयर छ । गभर्मेण्टको पन सेयर भएको हिसावले हामीले कसैको लागि बढी पैसा लिने काम गर्न सक्दैनौँ । हाम्रो एउटा स्थिर मूल्य छ, सप्लाइमा कुनै पनि समस्या छैन ।

गुणस्तरमा जहिल्यै पनि हामीले उच्च गुणस्तरको नै दिएका छौँ । संस्थागत हिसावले गुणस्तरमा कुनैपनि बेला हामीले कम्परमाइज (कन्जुस्याँइ) गरेका छैनौँ । र सबैभन्दा ठूलो कुरा हामी ६ महिनाको न्यूनतम बफरस्टक हामीले जहिले पनि राखेका छौँ । बेलाबेलामा हामीसँग नेपाललाई १० महिना पुग्ने नुन पनि स्टकमा हुन्छ । जस्तै आषाढ मसान्तमा, असार पछि साउन र भदौमा वर्षाको समयमा नुन ल्याउन गाह्रो हुन्छ । ड्यामेज हुने चान्स बढी हुन्छ । असार मसान्तमा हामीसँगको स्टक हाइएस्ट हुन्छ ।

१०/११ महिनासम्म पुग्ने स्टक पनि हुन्छ । न्यूनतमा स्टक पनि हामीसँग छ । मूल्यमा एक रुपता छ । यी कारणले गर्दा बजारको अवस्था यदी हेर्दा साल्ट ट्रडिङ्गले जसरी नुनको सर्भिस पुर्याइरहेको छ । त्यसरी कुनै अन्य वस्तुको सेवा उपलब्ध छैन नेपालीहरुको बीचमा । चाहे चामल हेर्नुहोस् वा चिनी । चिनी हामीसँग आजको डेट (मिति) मा कम छ, बजार मूल्य सय रुपैयाँ पुगिसकेको छ । साल्ट ट्रडिङ्गले मार्केट इन्टरभेन्टको कामसमेत गर्दै आइरहेको हुन्छ । यो अर्थमा हामी अन्य व्यापारी भन्दा फरक छौँ ।

यसलाई अर्को पाटोबाट हेर्दा हामीसँग भएको वितरण क्षमता, भण्डारणको क्षमताले गर्दा हामीले गरिरहेको काम अरु कसैले गर्न सक्दैन भन्न मिल्छ होइन त ?
हामीले गरिहरेको काम निश्चय पनि यसरी गर्न सक्दैन । हामी दुर्गम क्षेत्र होस्, तराईका भूभाग होस्, वा शहरी इलाका होस्, हामीले कुनैपनि ठाउँमा हाम्रा नेटवर्क छोडेका छैनौँ । हामी सबै ठाउँ पुगेका छौँ । नेपालको प्रत्येक बजारमा साल्ट ट्रडिङ्गको उपस्थिती छ । प्रत्येक उपभोक्ताको घरमा साल्ट ट्रडिङ्गको उपस्थिती छ । हामी हाम्रै गोदाम पनि लगभग १ लाख ७० हजार मेट्रिक्टन । क्यापासिटी (क्षमता) को छ । अधिराज्यव्यापी दिनु पर्ने हो भने, १ लाख ६९ हजार समथिङ्ग (लगभग) को छ । हामीले अन्य गोदामहरु पनि भाडामा लिएर लगभग सवा २ लाख मेट्रिकटन क्षमताको गोदाम राखेका छौँ । यत्रो नेटवर्क कसैको छैन । त्यसै कारणले गर्दा पनि, जुन हिसावले सेवा पुर्याइरहेका छौँ । आम नेपाली उपभोक्ताहरुलाई अरुले सक्छन् जस्तो मलाई लाग्दैन् ।

यति हुँदाहुँदै देशको राजनीतिसँगै यसको पनि आफ्नो उत्तारचढाव छन् । पछिल्ला केही निर्णयले पनि उत्तारचढाव बनाएको छ । अब त्यति मनोबल गिर्ने गरी दुःख त नपाइएला नि ?
आश गरौँ, आश त जहिल्यै पोजेटिभ नै गर्नुपर्यो । हामी त सधैँ नेपाली जनतालाई गुणस्तरीय वस्तु उचित मूल्यमा सर्वसुलभ हुने हिसावले सेवा गर्न पाउने चाहन्छौँ ।

नेपालीहरुको ठूलो चाड दशैँ नजिकिएको छ । सधै सहुलियत दिने गरिएकोे छ । अहिले के छ तयारी ?
यसवर्ष पनि मन्त्रालयबाट पत्र आएपछि हामी सहुलियत राख्छौँ । नुनमा नेपाल सरकारले भनेअनुसार छुट दिएर बिक्री गर्छौं । चिनीको स्टक हामीसँग छैन् । हामीले खरिदको लागि धेरै अगाडिदेखि पहल गरिरहेको हो । चाँडै त्यसको पनि केही टुंगो लाग्ला भन्ने विश्वास छ । अन्य हामीले कारोवार गर्ने गेडागुडी, चामल, दाल, मसला, तेल यिनीहरुमा हाम्रो आफ्नो हिसावले कति छुट दिन सकिन्छ त्यो दिएर कारोवार गर्दछौँ ।

प्रतिक्रिया