प्रदेश १, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७८ असोज ३ गते ६:१९

काठमाडौं । हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ । हाल देशभर आज आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ , वाग्मती र गण्डकीका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ , वाग्मती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशभर आंशिकदेखि सामान्य बदली सबै प्रदेशका केही स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखालाे जनाएको छ । यस्तै महाशाखाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनसमेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रतिक्रिया