बिहीबार, चैत १५, २०८०

तक्मा !

हेमन्त मल्ल २०७८ असोज ४ गते १५:२३

तक्माको मौसम
रमाईलै छ रमझम
कोही खुशी छन्
कोहि रिसाएका छन्
आफ्नो त ठिकै छ
बाले पाए
आमाले पाईन्
पाउनु पनि किन नाई
म जस्तो सुपुत्र जन्माउने
बा आमा जो थिए
घर पुगें
श्रीमती ठुसुक्क
कुरा बुझें
टाउको समाती थुचुक्क बसें
प्यारी सालीलाई त भुसुक्क बिर्सेछु
सासुको गनगन सुनी न सक्नु छ
साढु भाईको बिलौना बिछट्टै छ
ससुरा बा पनि छैनन खुशी
कठै यो सालको दशै
तक्माले दशा लिएर आएछ
भेना देखे मुसुक्क मस्किने साली
ठुसुक्क ठुस्किएकी छ
सकि न सकि भन्नै पर्‍यो
त्यही कुर्सीमा रहे
अर्को साल मिलाउँला
आफू नरहे
आफन्तलाई तक्मा बाँडे भन्दै
विरोध गरौंला ।

प्रतिक्रिया