शनिबार, जेठ ५, २०८१

माया र दशा

प्रतिमा श्रेष्ठ २०७८ चैत २६ गते ९:०९

कोही आएर भरिने हैन जिन्दगी
न कोही गएर रित्तिने हो जिन्दगी
जबसम्म मभित्र म हुन्छु
तबैसम्म हुने जिन्दगी

नयाँ कुरा त केही भनिनँ मैले
चलेसम्म सास जिन्दगी आज र अहिले
तर मज्जा आउँथ्यो होला जिन्दगी
कोहीबिना बाँच्नै नसके
म तिमीबिना बाँच्नै सक्दिनँ
किन चाहियो र त्यस्तो माया
बाँच्नै नसक्ने माया दिन सक्नु पनि चमत्कार हो

कोही बिना म पनि बाँच्नै नसकु न
के फरक पर्छ र एक पटक त्यो चमत्कार हुँदा
किनकि सायद माया ! माया नै हुन्छ​
जबसम्म मायामा माया हुन्छ ! माया नै हुन्छ
तर जब माया दया बन्छ
तब माया दशा बन्छ
हे प्रभु मलाई दशाबाट जोगाऊ !

प्रतिक्रिया