पहिरोले डुम्रे–बेँसीसहर खण्ड अवरुद्ध
नेपालखोज
२०७८ असोज ५ गते ८:१२

तनहुँ । वर्षासँगै पहिरो खस्दा तनहुँको डुम्रे–लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको पानीका कारण भानुनगरपालिका–८ पाँचसय फाँटमा पहिरो खसेको हो ।
माथिबाट पहिरो र रुख एकैसाथ खस्दा सडक अवरुद्ध भएकाले पन्छाउनका लागि सडक डिभिजन कार्यालयको डोजर र टिपर मगाइएको पुर्कोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षण कबिन्द्र गुरुङले जानकारी दिए ।
बिहानैदेखि पहिरो पन्छाउनका लागि डोजर र टिपर पठाइदिन फोन गरे पनि फोन नउठेकाले ढिलाइ भएको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया