बिहीबार, जेठ २, २०८२

सवारी दुर्घटनामा एकको मृत्यु

नेपालखोज २०७८ असोज ५ गते ९:५९


काठमाडाैं । सप्तरीको खडक नगरपालिका–६ मा आज (मंगलबार) बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।पूर्व–

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१४च ६२७९ नंको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ३८९४ नंको मोटरसाइकल ठोक्किदा दुर्घटना भएकाे हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक पर्सा जिरा भवानी गाउँपालिका– ३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया