माओवादी प्रवक्ता महरा भन्छन्- भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ

नेपालखोज २०७८ असोज ६ गते १७:३०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले भोलि (बिहीबार) मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

आज स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग प्रवक्ता महराले केही बेरमा सत्ता गठबन्धनको बैठक बस्न लागेको भन्दै बिहीबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए हुन् ।

उनले राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा पनि गठबन्धनका नेताहरूले नै निर्णय लिने बताए ।

प्रतिक्रिया