संघीय संसद्‌का दुई बैठक एकै समयमा बस्दै

नेपालखोज २०७८ असोज ७ गते ७:२६

काठमाडौं । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज एकै समयमा बस्दैछ । दिउँसो २ बजे दुवै बैठक सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्नेछन् । बुधबार नै प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको थियो ।

राष्ट्रियसभा बैठकमा भने विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी छ । एमालेले नवौं अधिवेसन सुरु भएदेखि दुबै सदनमा अवरोध जारी राखेको छ ।

प्रतिक्रिया